कोरोनाको उपचारमा बढी शुल्क लिने अस्पताललाई कडा कारवाही गर्ने चेतावनी

काठमाडौं । कोरोना संक्रमितको उपचारमा निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा धेरै शुल्क लिए कारवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै महामारीको संकटमा एक अर्काले सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुस्ख दिने, समस्या बढाउने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ।
अनावश्यक शुल्क लिने लगायत गैह्र कानुनी गतिविधि नगर्न मन्त्रालयले चेतावनी दिएको छ ।
बढी शुल्क लिएको थाहा भएमा मन्त्रालय र स्थानीय प्रशासनमा जानकारी गराउनसमेत स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले नियमित अनुगमन गरिरहेको र त्यस्तो पाइएमा कडा कारवाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।
केही निजी अस्पतालहरुले कोरोनाका विरामीहरुसँग चर्को शुल्क असुलेको गुनासा बढेपछि मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो ।