नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार रुस प्रस्थान गरेका छन्।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म रुसको राजधानी मस्कोमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनी शुक्रबार बिहान ९ः२० बजे काठमाडौँबाट दुबई हुँदै मस्कोतर्फ लागेका हुन्।

प्रचण्डसँगै भ्रमण टोलीमा उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।

विश्व सम्मेलनमा सहभागिता जनाएर विभिन्न कार्यक्रम सम्पन्न गरेपछि प्रचण्ड नोभेम्बर १८ गते बिहान स्वदेश फर्कने कार्यतालिका रहेको छ।