कांग्रेस नेता भण्डारी अस्पताल भर्ना
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा उनका श्रीमती र छोरालाई समेत कोरोना सङ्क्रमण देखिएको थियो ।
पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै रहेको बताइएको छ ।
