थपिए ८ हजार ६ सय ५९ संक्रमित, ५८ को निधन

काठमाडौं उपत्यकामा ३ हजार ८३५ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको निधन भएको छ। यो एकै दिन संक्रमित भएको र निधन भएको हालसम्मकै धेरै हो ।
मन्त्रालयका अनुसार आज १ हजार ९९३ जना डिस्चार्ज भएका छन् भने ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै काठमाडौं उपत्यकामा ३ हजार ८३५ संक्रमित थपिएका छन् ।