प्रधानसेनापति किन जादैछन् अमेरिका ?

काठमाडौँ । संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका जाने भएका छन् । प्रधानसेनापति थापाले राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा असार २५ गते व्रिटिश सशस्त्र फोर्सले आयोजना गर्ने पहिलो महिला शान्ति र सुरक्षा (डब्लु.पि.एस) नेटवर्कको बैठकमा भाग लिन बताइएको छ । असार २३ गते ४ सदस्यीय टोलीसहित संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सेनापति थापा प्रमुखहरुको रक्षा सम्मेलनमा सहभागी हुने बताइएको छ ।
भ्रमणको क्रममा प्रधानसेनापति थापाले रक्षा विभागमा अमेरिकी ससस्त्र फोर्सको उपाध्यक्ष तथा प्रमुख कर्मचारीहरु अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा श्रावण १ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।