अनुहार कुरुप हुने काम गर्दिन-चोलेन्द्र शमशेर जबरा
काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिमा सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू प्रधानन्यायाधीश बनेमा अनुहार कुरुप हुने काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
आफूले गरेका सबै काम कानुन अनुसार नै भएको दावी गर्दै उनले खराब नियत नराखेको दाबी पनि गरे ।
