देशमा भ्रष्टाचार र हत्याहिंसा मौलायो-महेन्द्र यादव
हिलिहाङ- पाँचथरको फिदिममा आज पार्टीका कार्यकर्तासँगको भेटघाटमा पूर्वसिँचाइ मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइडबडी जहाज खरीद प्रक्रियामा रु चार अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाए ।
देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको, ३३ किलो सुनकाण्डमा संलग्नलाई अहिलेसम्म पक्राउ गरी कारवाही गर्न नसकेको, निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउन नसकेको जस्ता क्रियाकलापले सरकार कमजोर भएको विचार व्यक्त गरे ।
यस्तै विनाप्रतिस्पर्धा अरुण तेस्रो भारतलाई र बूढीगण्डकी चीनको कम्पनीलाई दिएर सरकारले भ्रष्टाचारको चरमसीमा नघाएको उनको भनाइ थियो । अहिले काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौड्यालबीच भावनागत एकता भइसकेको छ भन्दै उनले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने बताए ।
