नेपालि काङ्ग्रेस गुल्मीले मनायो मेलमिलाप दिवस पूर्व मन्त्री यादवको प्रतिनिध्वत्तवमा
सुमन महतारा गुल्मी पुष १६
गुल्मी- गुल्मीमा नेपाली काङ्गेसले ४३ औँ एकता तथा मेलमिलाप दिवस मनाएको छ । सोमबार नेपाली काङ्गेसले विपि स्मृति भवन तम्घासमा दिवस मनाएको हो । नेपाली काङ्गेसले सोमबार देशभरि नै केन्द्रिय प्रतिनिधि खटाएर मेलमिलाप दिवस मनाएको नेपाली काङ्गेस गुल्मीले जनाएको छ ।
जसमध्ये गुल्मीमा प्रतिनिधि गर्दे नेपाली काङ्गेसका केन्द्रिय सदस्य तथा पूर्व कृषि मन्त्री रामकृष्ण यादवले सम्बोधन गर्नुभएको छ । कार्यक्रम सहिद तथा नेपाली काङ्गेसका अग्रज ब्याक्तित्तवको फोटोमा टिका तथा माल्यपण गरी सुरु गरिएको थियो । 
कार्यक्रममा नेपाली काङ्गेसका जिल्ला उपसभापति बिष्णु बलालले स्वागत मनतव्य द्धारा केन्द्रिय प्रतिनिधि लाई स्वागत गर्नुभएको थियो । दिवसको अवसरमा प्रमुख अतिथि तथा पूर्व कृषि मन्त्री यादवले मेलमिलापको निति नै लोकतन्त्रको अस्तित्तव बचाउने भएको बताउनुभएको थियो ।
उहाँले यो दिवस लोकतन्त्रवादीको ऐतिहासिक दिन भएको बताउनु भएको हो । प्रजातन्त्रमा हारजित सामान्य भएको भन्दै एकचोटिको निर्वाचनमा हार्दैेमा निरुत्साहित नहुन सम्पूर्ण काङ्गेसजनमा आग्रह समेत गरेका छन् । उनले कार्यक्रमको अवसरमा निर्मला हत्या काण्डको कुरा जोड्दै वर्तमान सरकार लोकतन्त्र विरोधी भएको दाबी गरेका छन् ।
उनले भने कम्यूनिष्टहरुले लोकतन्त्रवादका कुरा गर्छन् तर भने ब्यबहार भने लोकतन्त्र विरोधी गरिरहेका छन् । उनले आफु सत्तामा हुदाँ ६५ बर्ष पुगेपछि बृद्धा भत्ताको ब्यबस्था गरेपनि कम्यूनिष्टहरुले ७० बर्ष नै राखेको आरोप लगाएका छन् । पूर्वमन्त्री यादवले वर्तमान सरकार काम गर्न भन्दा बढी काङ्गेसको बिरोध गर्नमा माहिर रहेको बातएका छन् । उनले भने काङ्गेसको बिरोध तथा पछि पार्न खोज्नेहरु आफै समाप्त हुन्छन् ।
राणाहरु हाम्रै विरोध गर्दथे सक्किए,माओवादी हरायो अब विरोध गर्यो भने कम्यूनिष्टहरु पनि समाप्त हुने दावी गरेका छन् । यादवले आफु बिहानै धार्मीक स्थल रेस्ुङ्गा गएको कुरा जोड्र्दै काङ्गृेस प्रतिपक्षमा भएपनि विकासमा मेलमिलाप गरेर अगाडी बढ्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री यादवले कर को कुरा पनि जोडे । उनले भनेँ करआताङ्गक त अति नै भएको छ । साइकल चढेपनि कर तिनुपर्ने करले मात्र समृद्धि आँदैन यो वर्तमान सरकारले बुभ्mनु पर्दछ । कार्यक्रमको बिशेष अतिथि समेत रहेका नैपाली काङ्गेस पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेनले यहि मेलमिलाप दिवसबाट काङ्गेस एक भएको वताएका छन् ।
उनले वर्तमान सरकारको घोर विरोध गरेका छन् । कामकार्य नै जनता बिरोध भएको भन्दै वर्तमान सरकारले दिगो फाइदा हुने केहि काम नगरेको उनले बताए । उनले भनेँ वर्तमान सरकारलाई एक शब्द मै जनघाती भनेर परिभाषित गर्न सकिन्छ । कार्यक्रममा नेपाली काङ्गेसका भातृसङ्गठनका पदाधिकारी,काङ्गेस प्रति आस्थावान्,काङ्गेसका नेता तथा कार्यकर्ता,जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै नेपाली काङ्गेस जिल्ला सभापति भूवनप्रसाद श्रेष्ठले काङ्गेसको एकता बोलीमा नभएर ब्यबहारमा उतार्नुपर्ने बताएका छन् ।
उनले भने एकता बोलेर हुदैन ब्यवहारमा उतार्नुपर्दछ,पार्टी सभापति सेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई गुल्मी ल्याएर एउटै मञ्जबाट एकताको सन्देश दिने हो । कार्यक्रमा नेपाली काङ्गेस जिल्ला सचिव खिल्ध्वज पन्थीले सहजीकरण गर्नुभएको थियो ।
