राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेतीको चर्चा चुलिदै
काठमाडौ- राष्ट्रिय सहकारी बैंक को यहि पुष २१र २२ गते नेतृत्व चयन को निमित्त १५ औं बार्षिक साधारण सभा हुदैछ । देश भरि संजाल रहेको सहकारी बैंकले सबै प्रकारका सहकारी संस्था संग बैंकिंग कारोबार गर्ने गर्दछ , यस बैंक का देश भरि ४४ शाखा रहेका छन् ।
राष्ट्रिय सहकारी बैंक को संचालक समितिको छनोट निर्बाचन मार्फत हुने गरेको छ । यसपटक को निर्बाचनमा हालै राष्ट्रिय सहकारी बैंकको प्रबन्ध संचालक पद बाट राजिनामा दिएर अध्यक्ष पदको लागि उमेदवारी दिने भए पछि के. बि उप्रेतीको चर्चा चुलिएको छ । सहकारी क्षेत्रमा केबी उप्रेती सुपरिचित नाम हो ।
सम्बन्धित सबै पक्ष हरु संग राम्रो सम्बन्ध भएको र लामो समय देखि “सहकारी मुभमेन्ट” को नेतृत्व गरेका कारण के बि उप्रेती राष्ट्रिय सहकारी बैंकको नेतृत्वमा सहजै पुग्ने अनुमान गरिएको छ ।
सहकारी संघ /संस्था हरुको बिकास प्रबर्दन तथा बैकिंग कारोबारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकोले गर्दा ,सहकारी बैंक को नेतृत्वको लागि हुने निर्बाचन लाइ सहकारी क्षेत्र संग सम्बन्धित सबैले उच्च महत्वका साथ हेरेका छन् । साधारण सभा भद्रकाली स्थित योगम्बर पार्टी प्यालेसमा हुने छ ।
