न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा उपलब्ध गराएको तत्कालीन सहयोगप्रति धन्यवाद व्यक्त गरे।
त्यस क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा विचारविमर्श भएको थियो।
खनाल र जयशंकरले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै आपसी सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिएका थिए।
