आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्च पुगे दानबहादुर कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट गैरकानुनी रूपमा हटाइएको भन्दै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
पदबाट हटाउने सरकारको निर्णय बदर गरी पुनर्बहालीको माग गर्दै कार्कीले कानुन व्यवसायीमार्फत रिट दायर गर्ने तयारी गरेका हुन्। उनका कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगे पनि दर्ता भने भइसकेको छैन।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। केसीले बुधबार नै दर्ज्यानी चिह्न ग्रहण गरी पदभार सम्हालिसकेका छन्।
आफ्नो कार्यकाल बाँकी रहँदै सरकारले पदबाट हटाएपछि कार्की कानुनी उपचारको बाटोमा लागेका हुन्।
सरकारले कार्कीलाई आईजीपीबाट हटाएपछि प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। नवनियुक्त आईजीपी केसी र कार्की एउटै ब्याची हुन्।
