‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक

काठमाडौं । एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक भएको छ।

असोज १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा प्रेम, दाम्पत्य जीवनका उतारचढाव, पारिवारिक सम्बन्ध र हास्यसँगै भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा सुरक्षा पन्त, मुकुन, करिब १८ वर्षपछि ठूलो पर्दामा फर्किएका नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, उमेश राई ‘फुलन्देकी आमा’लगायत कलाकारको अभिनय छ।

निर्देशक बोहराले चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक अनुभूति दिने बताए। अभिनेता मुकुनले आफूले यसअघि नगरेको शैलीको कमेडी चलचित्र भएकाले दर्शकले भरपूर मनोरञ्जन लिन सक्ने बताएका छन्।

शेरबहादुर तामाङको छायांकन रहेको चलचित्रका निर्माता सुनिता सापकोटा र रामनारायण उपाध्याय हुन्।