राम आधार शाह सचिवमा बढुवा
काठमाडौँ । सरकारले सहसचिव राम आधार शाहलाई सचिवमा पदोन्नती गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शाहलाई सचिवमा बढुवा गरेको हो ।
गत मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले शाह सहित तीन सहसचिवको नाम सिफारिस गरेको थियो । पहिलो नम्वरमा शाह थिए भने दोश्रो नम्बरमा सहसचिव विश्वबाबु पुडासैनी र तेश्रो नम्बरमा अर्जुनजंग थापाको सिफारिस भएको थियो।
सचिव रमेश प्रसाद सिंहले मंसिर पहिलो हप्ता अनिवार्य अवकाश पाएपछि प्राविधिक तर्फको रिक्त सचिव पदमा शाहको बढुवा भएको हो ।
