प्रधानमन्त्री पद पाए छोड्दैनौ : सभापति देउवा/ विपक्षी दलको भूमिकामै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने बताउनुभएको छ । चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सभापति देउवाले कांग्रेसलाई पदको लोभ नभए पनि जिम्मेवारीबाट नभाग्ने बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री पद पाए पार्टीलाई नै फाइदा हुने दाबी पनि गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षी दलको भूमिकामै बस्नुपर्ने बताउनुभयो । कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नेता पौडेलले यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । कांग्रेस संसदमा सानो सख्यामा रहेपनि भूमिका र जिम्मेवारी ठूलो रहेको पौडेलले बताउनु भयो । कांग्रेसले सजग र इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सक्यो भने अर्को चोटी लोकतन्त्रको रक्षा गर्न सहयोग पुग्ने र निर्वाचनमा राम्रो परिणाम हात पर्ने बताउनुभयो ।
