थप १७१ जनामा कोरोना संक्रमण, २५९ निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९जना पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ९४६ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म २० लाख ७८ हजार ९८ वटा पीसीआर परीक्षण भइसकेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ८५९ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३७ मा उक्लेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट २ हजार ३० जना सङ्क्रमितको मृत्यु भएको छ ।
हाल २ हजार ४ सय जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।