उपत्यकामा एकै दिन थपिए ४६४ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र ४६४ जना कोरोना संक्रिमत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर उपत्यकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ९ हजार ४ सय ४१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९४, ललितपुर र भक्तपुरमा ३४÷३४ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । यो कुल संक्रमितको ६८.८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको निधन भएको छ । यो सहित कोरोना भाइरस संक्रमणबाट निधन हुनेको संख्या ३१२ पुगेको छ ।
