पछिल्लो २४ घण्टामा १०८१ संक्रमित थपिए, कुन जिल्लामा कति ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ।
त्यस्तै आज ९१८ जना डिस्चार्ज भएको स्वास्थ्य मत्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् । उनका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या ३३८८२ पुगेको छ ।
मन्त्रायका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३९४ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै सिरहामा ८१, मोरङमा ७७, रौतहटमा ७०, सुनसरीमा ५६ जना संक्रमित भएका छन्।
अन्य जिल्लाका संक्रमितहरुको विवरण यस प्रकार छ ः



