थप ६ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३१२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा काठमाडौंमा महिला र पुरुष १र१ जना, कास्कीमा एक महिला, अर्घाखाँचीमा एक पुरुष, वाँकेमा एक महिला र नवलपारसीमा एक पुरुष छन् ।
आज समेत गरेर नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ। त्यस्तै ९१८ जना पछिल्लो २४ घण्टामा निको भएका छन्। योसँगै निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।