लकडाउनले पनि रोकेन पुल निर्माण गर्न

सडक डिभिजन वुटवलले निर्माण गर्यो २५ पुल

वुटवल । कोरोना महामारीको अत्यन्त कठिन परिस्तिथिको बाबजूद समेत सडक डिभिजन बुटवलले भने सक्रिय रुपमा आफुनो जिम्मेवारी पूरा गर्दै अएको छ । सो सडक डिभिजन अन्तर्गत पर्ने क्षेत्रमा गत आ.व. ०७६÷७७ मा १९ वटा पुलहरुको निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।
६ वटा पुलहरूमा यातायात सञ्चालन भएका छन् । निर्माण कार्यको लागी अत्यन्त उपयोगी एवम महत्वपूर्ण मानिने चैत्र, बैशाख एवम ज्येष्ठ महिनामा पूर्ण लकडाउनको कारण उत्पन्न बिषम परिस्तिथिले गर्दा निर्माण मजदुर, निर्माण सामग्री र निर्माण उपकरण लगायतको अभाब हुंदा समेत बिभिन्न निकायहरुको सहयोगको कारण यो उपलब्धी सम्भव भएको सडक डिभिजन कार्यालय वुटवलका प्रमुख मेघराज मरासिनीले बताएका छन् ।


सो कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सचिव सडक विभागका महानिर्देशक, उप–महानिर्देशक, संघिय सडक सुपरिभेक्षण तथा अनुगमन कार्यालयका सु.ई., रुपन्देही÷नवलपरासी÷नवलपुरका प्रमुख जिल्ला अधिकारीहरु, सम्बंधित स्थानीय निकायका पदाधिकारीहरु, स्थानीय जनताहरु सबैमा सडक डिभिजन बुटवलले आभार व्यक्त गरेको छ ।


साथै कोरोना महामारीको बिचमा समेत निर्माण कार्यको रेखदेख गर्ने डिभिजन प्रमुख, ईन्जीनियरहरु, सब–ईन्जीनियरहरु, कार्यालयका अन्य कर्मचारीहरु र निर्माण ब्यबसायी साथीहरुप्रति सडक डिभिजन वुटवलले विशेष धन्यवाद व्यक्त गरेको छ ।
निर्माण सम्पन्न भएका पुलहरु

१. भलुही पुल निर्माण देवदह न.पा.वडा न .१० बाघकुमार सामुदायीक वन रुपन्देही जिल्ला
२. उङरीडा पुल निर्माण सैनामैना ९ देवपुर रुपन्देही जिल्ला
३. देविनगर हात्तीसुढ पुल निर्माण देविनगर बद्धनगर जोड्ने सडक
४. दानव नदी पुल निर्माण नयाँगाउ दुर्गानगर सडक
५. रोहिणी नदी पुल देवदह न.पा.र तिलोत्तमा भाटा मक्रहर सडक
६. गौरी खोला पुल सिसापुर भवानीपुर सडक रुपन्देही जिल्ला
७. रोहिणी नदी पुल भलुही मदरहानी सैनीक सडक
८. इन्गुरिया नदी पुल सैनामैना ११ पाल्पा सडक रुपन्देही
९. कन्चन नदी पुल गजेडि रुद्रपुर सडक रुपन्देही जिल्ला
१०. कन्चन नदी पुल सालझन्डी ५ र ९, रुपन्देही
११. घाघ्ररा खोला पुल हाटि वनगाइ ७ मर्चवार सि.न.पा.लुम्विनि सडक बिश्वकर्मा मन्दिर जोड्ने सडक रुपन्देही जिल्ला
१२. कुन्डा खोला पुल निर्माण सनइ गा.वि.स. ८ नवलपरासी जिल्ला
१३. खजुरा खोला पुल निर्माण, ठुलो खरटवा, नवलपरासी
१४. विनयी खोला पुल, बेनीमणिपुर गा.वि.स.को सिलौट घाटमा, नवलपरासी
१५. खकरा पुल, धुकोट गा.वि.स. २, नवलपरासी
१६. टेग्रीं खोला पुल, कावासोती ७ र १३, नवलपरासी
१७. छोछडी खोला पुल, कावासोती ७ भेडीठिस, नवलपरासी
१८. देवचुली-९ र कावासोती-१ जोड्ने लोकाहा खोला पुल, नवलपरासी
१९. भुताहा खोला पुल निर्माण बिजयपुर बर्दघाट न.पा.११ नवलपरासी जिल्ला
यातयात सञ्चालन भएका थप पुलहरु
१. तिनाउ नदी पुल निर्माण बूटवल पूरानो बजार र नया बजार जोड्ने सडक, रुपन्देही
२. टुटहवा नदी पुल निर्माण गूठी पर्सौनी सडक नवलपरासी जिल्ला
३. झरही पुल महेशपुर चिसापानी
४. खजुरा खोला पुल निर्माण, सोनवर्षा अठिलहि सडक, नवलपरासी
५. धनेवा खोला पुल, रामपुर खडौना ७ ठूलो खैरटहवा सडक, नवलपरासी
६. केरुङ्गे खोला पुल, कावासोती न.पा. वडा नं.४ र ५, नवलपरासी