स्वास्थ्य शाखाको वाषिर्क प्रतिवेदन सार्वजनिक

गुल्मी । गुल्मी दरबार गाउँपालिका स्वास्थ शाखाले आफ्नो आ.ब. २०७६÷०७७ को वार्षिक प्रतिबेदन सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा गुल्मी दरबार गाउँपालिका भित्रका सात बटै हेल्थ पोस्टका इन्चार्ज हरुले आ–आफ्नो प्रतिबेदन पेश गर्नु भएको थियो । सो कार्यक्रमको सहजीकरण भने गुल्मी दरबार गाउँपालिकाका स्वास्थ संयोजक नारायण अर्यालले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिमा जिल्ला जनस्वास्थ्य निर्देशक पशुपति आचार्य रहनु भएको थियो ।