डोना अभिनित उत्तम मगरको ‘आँखामा तिमी’ सार्वजनिक

काठमाडौं । गायक उत्तम मगरको स्वरमा सजिएको नयाँ गीत ‘आँखामा तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेम, समर्पण र आत्मीय भावनालाई समेटिएको गीतमा रामकुमार रिमालको शब्द तथा संगीत रहेको छ। गीतमा प्रिय व्यक्तिप्रतिको अगाध प्रेम र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ।
मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा डोना थापा मगर, देवी थापा मगर र सरिता मगरको अभिनय देख्न सकिन्छ।
गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन्। बुद्ध थापाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा कलर संयोजन गरेका हुन्।
गायक उत्तम मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।