टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलबाट रिहा भएका छन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ। सोही सुविधाअनुसार रायमाझी रिहा भएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई २०८० वैशाख २० गते पक्राउ गरिएको थियो। यस मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो।
