श्रीमतीसहित चीनका राष्ट्रपति सी वासिङ्टनमा, ट्रम्प दम्पतीले गरे भव्य स्वागत

काठमाडौं । तीन दिने अमेरिका भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ बुधबार राति पत्नी पेङ लियुआनसहित वासिङ्टन पुगेका छन्।

सीलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमै पुगेका थिए। उनीहरूले सी र उनकी पत्नी पेङलाई विशेष स्वागत गरेका थिए।

सीका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो। जहाजबाट ओर्लिएपछि सी र ट्रम्पले हात मिलाएका थिए भने दुवै नेताका पत्नी सँगै हिँडेका थिए।

स्वागत समारोहका क्रममा दुईवटा बी–१ बमवर्षक विमान आकाशमा उडाइएको थियो। अमेरिकी वायुसेनाको ब्यान्डले अमेरिका र चीन दुवै देशका राष्ट्रिय गान बजाएको थियो भने दुवै देशका झण्डा फहराइएको थियो।

सन् १९६२ पछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई संयुक्त बेस एन्ड्रयुजमै पुगेर व्यक्तिगत रूपमा स्वागत गरेको बताइएको छ।

स्वागत समारोहपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका थिए।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनबीच नोभेम्बरमा समाप्त हुन लागेको व्यापार युद्धविरामलाई जनवरी १० सम्म विस्तार गर्न सहमति भएको बताएका छन्।

बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सीका लागि गरिएको भव्य स्वागतले ट्रम्पले उनको भ्रमणलाई दिएको महत्त्वलाई संकेत गर्छ।

. (Photo by Brendan SMIALOWSKI / AFP via Getty Images)