पत्रकारितालाई पेसाको रुपमा स्वीकार्न सकिएको छैन ः पहाडी


राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडीले पत्रकारितालाई अझै पनि पेसाको रुपमा स्थापित गर्न नसकिएको बताउनुभएको छ। राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति गुल्मीले मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष पहाडीले समाजले अझै पनि पत्रकारितालाई पेसाको रुपमा स्वीकार्न नसकिरहेको बताउनुभयो।

हाम्रा अभिभावकहरुले यसलाई पेसाको रुपमा मान्दैनन्। खाडी मुलूकमा गएर मजदुरी गरेर दुई चार हजार पठाउन सक्यो भने त्यो रोजगारी हुन्छ, पेसा हुन्छ।’ पहाडीले भन्नुभयो,‘तर पत्रकारितामा मासिक ५० सै हजार कमाए पनि हाम्रो सामाथ्र्य स्वीकारिदैन्।’

अध्यक्ष पहाडीले दलित समूदायबाट उत्पादित जनशक्तिलाई पत्रकारिता पेसामा टिकाई राख्न समस्या भएको बताउनुभयो। ‘दलित समूदायबाट पत्रकारितामा ल्याउनै गारो। ल्याइसकेपछि टिकाउनै गारो। यो कठिनाई छ।’ पहाडीले भन्नुभयो। अध्यक्ष पहाडीले अबको आन्दोलन राष्ट्रिय मूल धारका निजि तथा सरकारी संञ्चारमाध्यमहरुको नितिगत तहमा नेतत्ृवका लागि सामथ्र्य कायम गर्नु रहेको बताउनुभयो।

अध्यक्ष पहाडी सहित आउनुभएका मानवअधिकारकर्मी समून्द्र जिसि, अधिवक्ता पदम कार्की, महिला अधिकारकर्मी निर्मला श्रेष्ठलाई राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले सदरमुकाम तम्घासमा स्वागत गरेको थियो।

त्यस अवसरमा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, दलित महिला संघ गुल्मीकी अध्यक्ष कमला बराल, राष्ट्रिय दलित पत्रकार स.घ गुल्मी शाखा अध्यक्ष रमेश विश्वकर्मा, सदस्य सुनिल विश्वकर्मा लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव मनु सुनारले गर्नुभएको थियो।