‘खोप ल्याउन सरकार किन फेल भयो ?’

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले कोरोनाविरुद्धको खोप ल्याउन सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारको कुटनीतिक कमजोरीका कारण खोप आउन नसकेको आरोप लगाएका छन् । अपरिपक्व कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उनले गरेका छन् ।
दक्षिण एशियाको सन्दर्भमा अमेरिकी सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्र्तगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकत्वमा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै उनले ‘नेपाल सरकार किन फेल भयो रु’ भनी प्रश्न गरेका छन् ।
राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंकित गर्दै उनले खोप किन आउन सकेन भनेर आफुले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गरे । ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गरेकी थिइन् ।
उनले वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको आरोप लगाउँदै कमिसनमा कुरा नमिलेका कारण कोभिड शिल्ड खोप आउन नसकेको दाबी गरेका छन् । कमिसन एजेन्टले पैसा नपाएका कारण कोभिडशिल्ड खोप नआएको उनको भनाई छ ।
उनले सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गरेका छन् ।
कुटनीतिक फेलियरका कारण हामीले खोप ल्याउन सकिरहेका छैनौ । यसलाई रियलाईज गर्न सरकार तयार छ कि छैन रु’ उनले भने– ‘हाम्रा परम्परागत मित्रहरु चीन भारत, अमेरिका, जापान लगायतका जर्मनी फ्रान्स जस्ता देशहरु र हाम्रो रिलेसन कोल्ड भयो । नेपाली काँग्रेसको कन्सन्ट त्यो हो ।’