अवैध मदिरा बरामद

लहान- नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न बाँसघारीमा लुकाइ छिपाइ राखेको अवस्थामा गौरव नामक मदिरा ३९० बोतल, नुरीशसी नामक मदिरा ३०० बोतल, कस्तुरी ३०० बोतल, रोयलस्ट्याक ३० बोतल र गोल्डेन ओक १५ बोतल बरामद गरेको हो इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर-५ स्थित अभय कुमार यादवको  बाँसघारीबाट  बरामद गरेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजार नगरपालिका-३ स्थित विष्णुदेव साहको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ८०० लिटर अवैध मदिरा र एक हजार २०० लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।