ओलीसँग अमेरिका रुष्ट, माधव नेपाल पर्दापछाडीका मुख्य भिलेन

काठमाडौं= आफूले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्ति नै सत्य रहेको भन्दै प्रचण्डले सचिवालय मार्फत अर्को विज्ञप्ति प्रकाशन गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय समुदायलाई नेपालको राजनीतिबारे बताउँदै थिए ।

खास अर्थमा अमेरिकाले नेतृत्व गरेको पश्चिमा शक्तिलाई केन्द्रमा राखेर गरिएको ब्रिफिङमा प्रधानमन्त्रीले खोजीरहेका थिए, अमेरिकी राजदूत रेन्डी बेरीलाई ओलीले उनलाई देखेनन् । तर, प्रष्ट बनाउने कोशिश गरिरहेका थिए ।

नेपालको भू–राजनीतिक व्यवस्था, शान्ति प्रक्रिया, सत्य निरुपण र मेलमिलाप आयोगका काम सरकार आफैंले पूरा गर्ने बताइरहका थिए ।

तर, प्रचण्ड र परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने अमेरिकाले असन्तुष्टि जनाएर पत्र पठाइसकेको थियो ।

भेनेजुएलामा भएको राजनीतिक समस्यामा नेपालले बोल्न आवश्यक नहुँदा नहुँदै बोलेका कारण प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्बन्धमा चिसोपन आएको छ ।

यो दुई मुलुकका कार्यकारी प्रमूखको मात्र नभएर विश्व राजनीतिको ध्रुवीकरण समेत भएको कुटनीतिक मामिला जानकार बताउँछन् ।

अमेरिकाले सरकारको धारणा माग गरेपछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा पनि खासै सुधार आउन सकेन । प्रचण्डकै विज्ञप्तिको नरम भाषामा विज्ञप्ति आएको भन्दै त्यसमा अमेरिका असहमत भयो । त्यो असहमति प्रधानमन्त्री ओलीको कार्यक्रममा राजदूतको अनुपस्थिति पनि रहेको टिप्पणी गरिएको छ ।

प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डाभोसमा रहेका बेला प्रचण्डलाई विज्ञप्ति निकाल्न उकास्ने पर्दापछाडीका भिलेन भने नेता माधवकुमार नेपाल हुन् ।

ओलीको विकल्पमा आफू प्रधानमन्त्री बन्ने रहर पालिरहेका नेपालले कम्युनिस्ट कित्तामा उभिनुपर्ने भन्दै जावलाखेल बैठकमा प्रचण्डलाई विज्ञप्ति निकाल्न भनेका थिए ।

प्रचण्ड यति कडा विज्ञप्ति निकाल्न सहमत हुनुमा उनको नीजि स्वार्थ समेत रहेको बताइन्छ । प्रचण्ड पत्नी सीतालाई अमेरिका उपचार गराउनका लागि अपिल गरिएको भिसा नपाएका कारण पनि भेनेजुएला प्रकरणमा नेकपाको आधिकारीक धारणा बोल्न लगाइएको हल्ला चल्न थालेको छ ।