सरकारलाई चौथो अल्टिमेटम दिदै राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनमा सरकारले आलटाल गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । तीन पटकसम्म संशोधनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाइसकेको राजपाले चौथो पटक सोही माग गर्दै ज्ञापनपत्र बुझाउने तयारी गरेको एक नेताले बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई भेटेर वार्ता गर्ने, ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको राजपाले संविधान संशोधन सम्वन्धी विधेयक संसदमा दर्ता गराउन गृहकार्य गरिरहेको पनि बुझिएको छ ।
संघीय संसदको दोस्रो अधिवेशन अन्त्य भएपनि संविधान संशोधन तथा रेशम चौधरीलाई रिहा गरी सपथ खुवाउने काम हुन नसकेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेको छ ।
हालै वसेको पार्टीको वैठकमा आफ्नो मागप्रति सरकार उदासिन भएकाले सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको नेताहरुले बताएपछि राजपाले सरकारलाई अन्तिम पटक अल्टिमेटम दिने निश्कर्ष वैठकले गरेको एक नेताले बताएका छन् ।
वैशाखदेखि लगातार संसद चल्दा समेत संविधान संशोधनको विषयले प्रवेश नै नपाएको र प्रतिनिधिसभाको चुनाव जितेका चौधरी प्रहरीको थुनामा रहेको उनलाई अझै सपथ पनि नखुवाइएको भन्दै अध्यक्षमण्डलका अनिल झाले प्रधानमन्त्री ओलीले आज हुन्छ, भोलि हुन्छ, पार्टीमा सल्लाह गर्दैछौँ, फलानोसँग सल्लाह गर्दैछौँ भनि अलमल्याई रहेको बताए । उनले ै ज्ञापनपत्र बुझाउने पनि बताएका छन् ।
यसैवीच वैशाख ७, ८ र ९ गते राजापाको महाधिवेशन हुने भएको छ । महाधिवेशन पनि हालको अध्यक्ष मण्डल नै कायम हुने गरी पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा बुझाएको छ ।