कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मा संशोधित विधानमाथि सातै प्रदेशका १२ ठाउँमा छलफल गरी संकलन गरिएको सुझाव केन्द्रीय समितिमा विधान संशोधन समितिका संयोजक तथा महामन्त्री पूर्णबहादुर खड्काले पेश गर्ने कार्यक्रम थियो।
शुक्रबार दिउँसोका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।
रोकिएको बैठक असोज २२ गते सोमबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सुझाव संकलन गर्न प्रदेश गएका नेताहरू राजधानी फर्किनसकेको र समितिलाई पनि सुझाव एकीकृत गर्न समय लाग्ने भएकाले बैठक रोकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
