“शंकरदेव क्याम्पसमा दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न”

काठमाडौं – नेपालि कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले शकंरदेव क्याम्पसमा दशै र तिहारलाई मध्य नजर गर्दै दशै बिसेस शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल विद्यार्थी संघ शकंरदेव क्याम्पस इकाईको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पस इकाईका इकाई अध्यक्ष हरिष भण्डारीले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य हृदय राम थानी, विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, अतिथिहरु शंकरदेव क्याम्पस पुर्व स्ववियु सभापति शुभराम बस्नेत,नेपाल विद्यार्थी संघका उपाध्यक्ष पवन यादव,केन्द्रिय सदस्य प्रेम शाही,तारक केशी,कल्पना खड्का, नेपाल कमर्स क्याम्पका इकाई अध्यक्ष सरोज तिमल्सिना र नेपाल विद्यार्थी संघ आर आरका इकाई सचिव अनुराग शाहको आतिथ्य रहेको थियो।

कार्यक्रमको समापन गर्दै इकाई अध्यक्ष हरिष भन्डारीले शंकरदेवमा नेपाल विद्यार्थी संघलाई चलायामान बनाउन सबैलाई आग्रह गरेका थिए । उहाले क्याम्पसमा पनि गुट र झुन्डको कुरा गर्नेहरू विद्यार्थी काम नगर्ने भन्दै निस्वार्थ रुपमा विद्यार्थीहरुका समस्या सँग हातेमालो गर्नु पर्नेमा जोड दिए।