वर्तमान सरकारले कांग्रेसका नेता आचार्यको उपचारको लागि ३३ लाख दियो

काठमाडौं- वर्तमान सरकारले नेपाली कांग्रेसका नेता नरहरि आचार्यको उपचारको लागि ३३ लाख ६१ हजार ५४५ रुपैयाँ निकासा गरेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेट रकमान्तरणको सूचिमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरहरि आचार्यलाई सरकारको २०७२ भदौ १७ र २०७३ जेठ २० को निर्णय अनुसार संघिय संसद्को नाममा सो रकम निकासा गरिएको छ ।

उपचार खर्चमा प्रभावशाली नेता तथा तिनका परिवार तथा उच्च कर्मचारी र सुरक्षा निकायका माथिल्लो तहका व्यक्तिले मात्र लिने गरेका छन् । प्रभावशाली व्यक्तिलाई मात्र उपचार खर्च दिने निर्णयको विषयमा चर्को आलोचना भएपनि यो निर्णय पुनरावलोकन हुन सकेको छैन ।

कांग्रेस नेता आचार्य तत्कालिन कांग्रेस सभापति शुसील कोइरालाको निधन भएको दिन गम्भिर बिरामी भएका थिए ।