१९ सिट क्षमताको जहाज दुर्घटना

जुबा- आज बिहान दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको  छ ।

जुबाबाट इरोलतर्फ आइरहेको एउटा १९ सिट क्षमताको जहाज दुर्घटनामा परेको जानकारी मात्र प्राप्त भएको छ इस्टर्न ग्रेट लेक्स राज्यका सूचना मन्त्रीले बताउनुभयो ।

उहाँले बिमान दुर्घटनाका बारेमा थप विवरण प्राप्त भइनसकेको र खोजी तथा उद्धारको कार्य शुरु भएको बताउनुभयो ।

प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ ।