यूएईसँग लगानी र आर्थिक सहकार्यको प्रस्ताव राखे गृहमन्त्री गुरुङले
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले त्यहाँका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन्।
शनिबार भएको भेटमा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको गृहमन्त्री गुरुङले जानकारी दिएका छन्।
भेटका क्रममा गृहमन्त्री गुरुङले बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्र र सुरक्षा प्रविधिमा यूएईको लगानी तथा सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यसैगरी फेसलेस पुलिसिङ, गैरघातक सुरक्षा उपकरणको उत्पादन, सुरक्षा निकायको आधुनिकीकरण तथा प्रविधिमैत्री रूपान्तरणका विषयमा समेत छलफल भएको उनले बताएका छन्।
नेपालले प्रस्ताव गरेका परियोजनामा सहकार्य गर्न यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानीले सकारात्मक तत्परता देखाएको गृहमन्त्री गुरुङको भनाइ छ।
