एकान्तकुनाबाट तीन हुण्डी कारोबारी पक्राउ, १ करोड ६७ लाख नगद बरामद

काठमाडौं । प्रहरीले ललितपुरको एकान्तकुनाबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १ करोड ६७ लाख रुपैयाँ नगद बरामद गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकान्तकुनाबाट नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौंको बानेश्वरका प्रज्वल रिजाल रहेका छन्।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए।