सर्वोच्चका नवनियुक्त चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले उनीहरूलाई शपथ गराएका हुन्।

न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपति पौडेलले चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए।

शपथ लिनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।

नवनियुक्त चार न्यायाधीशले शपथ लिएसँगै सर्वोच्च अदालतमा उनीहरूको औपचारिक कार्यभार सम्हाल्ने प्रक्रिया अघि बढेको छ।