अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।

आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।