सुदन गुरुङदेखि भूपदेवसमम नौ जना केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सभापति लामिछानेले प्रस्ताव गरेका ९ जनाको मनोनयन अनुमोदन गरेको हो।
केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, निवर्तमान महामन्त्री भूपदेव शाह, बसुमाया तामाङ, डा. भक्तबहादुर राई, सुरेन्द्र चौधरी, मनोहर प्रधान र पुरुषोत्तम यादव मनोनीत भएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
पार्टी विधानअनुसार केन्द्रीय समितिमा १५१ जना सदस्य रहने व्यवस्था छ। निर्वाचित सदस्यबाहेक बाँकी सदस्य सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ।
सोही व्यवस्थाअनुसार सभापति लामिछानेले शुक्रबार ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।
