बालेन लक्षित ओलीको टिप्पणी – राजनीति सिक्न चाहनेहरूलाई हतोत्साहित गर्नु हुँदैन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्ता राजनीतिमा सहभागी हुनु सकारात्मक भएको बताएका छन्। चुनावी अभियानका क्रममा झापा पुगेका ओलीले आफ्नो नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लाग्ने उल्लेख गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै उनले राजनीति सिक्न चाहनेहरूलाई हतोत्साहित गर्नु नहुने बताए। “भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, मलाई खुसी लाग्छ,” ओलीले भने, “नयाँ पुस्ताका भाइ, भतिजा, छोरा र नातिहरूले राजनीति सिक्छु, राजनीतिमा लाग्छु भन्छन् भने त्यसलाई नराम्रो मान्नुपर्ने कुनै कारण छैन।”
झापा–५ निर्वाचन क्षेत्रमा ओलीसँग रास्वपाका नेता शाह र नेकपाका युवा नेता रञ्जित तामाङ चुनावी प्रतिस्पर्धामा रहेका छन्।
