रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

काठमाडौं । नेकपा (एमाले) की नेता रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन्।

कांग्रेस–एमाले गठबन्धनका कारण उनी सहजै निर्वाचित भएको जनाइएको छ। झाँक्रीले ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन्।

लुम्बिनी प्रदेशबाट रिक्त रहेका तीनवटै सिटमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्। महिलातर्फ एमालेकी झाँक्री निर्वाचित हुँदा अपाङ्गतातर्फ नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ निर्वाचित भएका छन्। घिमिरेले ५ हजार ३२२ मतभार प्राप्त गरेका छन्।

यसैगरी अन्यतर्फ नेपाली कांग्रेसका चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। उनले ५ हजार ९७७ मतभार प्राप्त गरेको निर्वाचन स्रोतले जनाएको छ।