रवि लामिछाने भैरहवाबाट रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतको आदेशअनुसार रिहा भएका छन्। जिल्ला अदालत रुपन्देहीमा आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनी भैरहवाबाट मुक्त भएका हुन् ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार लामिछाने भैरहवाबाट चितवनतर्फ प्रस्थान गरेका छन्। चितवनमा उनले भोलि स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। उनी भोलि साँझ काठमाडौँ फर्किनेछन्।

लामिछानेसँगै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल पनि रहनेछन्। अन्य नेताहरू भने आ–आफ्ना गन्तव्यतर्फ लागेका छन्। लामिछानेकी पत्नी निकिता पनि साथमै रहेको बताइएको छ।

रिहाइपछि लामिछाने तत्कालै पार्टी गतिविधिमा सक्रिय हुने जनाइएको छ।