जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव

काठमाडौं । कैदीबन्दीबीच विवाद भएपछि अहिले जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव भएको छ ।

तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए ।

उनका अनुसार दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो । के कारणले विवाद भयो भन्ने यकिन हुन बाँकी नै रहेको उनले बताए ।