रविको रिहाइ भोलि मात्र, आजै छाड्न समर्थकको दबाब

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र जेलमुक्त हुने भएका छन्। जिल्ला अदालत रुपन्देही पुगेर आवश्यक कागजात (छुटपूर्जी) लिनुपर्ने भएकाले रिहाइ प्रक्रिया भोलि सम्पन्न हुने रास्वपाका नेता हरि ढकालले जानकारी दिए।

ढकालका अनुसार छुटपूर्जी लिन लामिछाने भोलि भैरहवा जानेछन्। उच्च अदालत तुल्सीपुरले आज लामिछानेलाई रिहा गर्न आदेश दिएको भए पनि प्राविधिक प्रक्रियाका कारण आजै रिहा हुन नसक्ने भएको हो।

यसबीच, आदेश सार्वजनिक भएसँगै नख्खु कारागार बाहिर लामिछानेलाई स्वागत गर्न समर्थकहरूको बाक्लो भीड जम्मा भएको छ।