निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नेपाली कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा आइतबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम गरि बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागदाबी गरेको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित सांसद चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा विजयी भएका थिए।
