सांसदका सचिवालयमा दरबन्दी घटाउने निर्णय
काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्ले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवालयमा रहेको दरबन्दी संख्या घटाउने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, यसका लागि ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरिएको हो।
“संसद्का पदाधिकारी र सदस्यहरूको सचिवालयमा आवश्यक समायोजन गर्दै दरबन्दी घटाउने निर्णय गरिएको छ,” मन्त्री खरेलले जानकारी दिए।
सरकारले यस कदमलाई प्रशासनिक खर्च नियन्त्रण र संरचनागत कार्यक्षमता अभिवृद्धि गर्ने प्रयासको रूपमा व्याख्या गरेको छ।
