कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्मका लागि मतदाता नामावली संकलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नयाँ मतदाता दर्ता र अद्यावधिक कार्य अघि बढाइने छ ।
आयोगले घोषणा गरिसकेको अनुसार, प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।
नयाँ व्यवस्थाअनुसार, मतदान गर्ने उमेरसीमा घटाएर १६ वर्ष बनाइएको छ। आयोगका अनुसार, “आगामी फागुन २० गतेसम्म १६ वर्ष पूरा गर्ने नागरिकले मतदान गर्न पाउनेछन्।”
यस निर्णयसँगै ठूलो संख्यामा किशोर उमेर समूहका नागरिकहरू पहिलोपटक मतदान गर्ने अधिकारमा सहभागी हुनेछन्।

