नेपाली कांग्रेसको कारबाही : पूर्वमन्त्रीदेखि प्रदेश महामन्त्री र जिल्ला सभापतिसम्म निष्कासन र निलम्बन
काठमाडौं — नेपाली कांग्रेसले गत संघीय, प्रदेश र स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा विभिन्न तहका नेता तथा कार्यकर्तामाथि अनुशासनात्मक कारबाही गरेको छ।
केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले गरेको निर्णय बुधबार सार्वजनिक गरिएको हो। कारबाहीमा निष्कासन र निलम्बन गरी दुई प्रकारको कारबाही गरिएको समितिले जनाएको छ।
निर्णयमा भनिएको छ, “उम्मेदवारविरुद्ध असहयोग गर्दै पराजय गराउने नियतका साथ सामाजिक सञ्जाल, अडियो/भिडियो लगायतका माध्यम प्रयोग गरेर गतिविधि गरिएको प्रमाणका आधारमा कारबाही गरिएको हो।”
एक वर्षका लागि निष्कासनमा परेका नेता:
कुमार खड्का – कास्की, पूर्वमन्त्री तथा गण्डकी प्रदेशका नेता
विक्रम खनाल – लुम्बिनी प्रदेश महामन्त्री
विष्णुकुमार राई – खोटाङ जिल्ला सभापति
अरविन्दकुमार गुप्ता – पर्सा क्षेत्र नं. १, क्षेत्रीय सभापति
तुलसी सुब्बा – तेह्रथुम, महासमिति सदस्य
तीन महिनाको निष्कासन:
कृष्ण केसी – कास्की, पूर्व जिल्ला सभापति
छ महिनाका लागि निष्कासनमा परेका:
आनन्द यादव – सभापति, लक्ष्मीनीया गाउँपालिका, धनुषा
खटरु यादव – नगर सभापति, सबैला नगरपालिका, धनुषा
रामवावु यादव – वडा नं. १, धनुषाधाम नगरपालिका
फुलगेन यादव – सभापति, मुखियापट्टी मुसहरनिया, धनुषा
भावना श्रेष्ठ – क्षेत्रीय सहसचिव, कास्की क्षेत्र नं. २
भिमबहादुर शाह – महाधिवेशन प्रतिनिधि, धनगढी उपमहानगरपालिका वडा नं. २
पूर्णकुमार कुँवर – निवर्तमान जिल्ला सचिव, कैलाली
आनन्दराज जोशी – पूर्व महासमिति सदस्य, धनगढी उपमहानगरपालिका वडा नं. १
रविन्द्रप्रताप सिंह – क्षेत्रीय प्रतिनिधि, धनगढी उपमहानगरपालिका वडा नं. २
लेखराज ओझा – क्रियाशील सदस्य, धनगढी उपमहानगरपालिका
सुभाष चन्द – क्रियाशील सदस्य, वडा नं. १
बब्लुकुमार चौधरी – पूर्व महाधिवेशन प्रतिनिधि, वडा नं. ५
अनुशासन समितिका अनुसार, सबैलाई कारबाहीपूर्व स्पष्टिकरण सोधिएको थियो, तर धेरैको जवाफ चित्तबुझ्दो नदेखिएपछि विधानअनुसार निर्णय गरिएको हो।
पार्टीभित्रको आन्तरिक अनुशासन सुदृढ गर्नका लागि यो कारबाहीलाई कांग्रेसले आवश्यक कदमको रूपमा हेरेको छ।
