सरकार अधिनायकवादको बाटोमा :बिश्वकर्मा

धनगढी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर बिश्वकर्माले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रार राजनीतिक स्वतन्त्रतामाथी हस्तक्षप गर्न लागेको आरोप लगाएका छन ।

बुधवार नेपाली कांग्रेस कैलालीले धनगढीमा राखेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्खै पूर्वमन्त्री समेत रहेका बिश्वकर्माले कम्यूनिष्टहरुको सरकार अधिनायकवादको बाटोमा गैरहेको बताए ।

सर्वहाराको पार्टी हौं भन्नेहरुले हप्तापिच्छे पेट्रोलियम पर्दाथको मुल्य बढाएर आफ्नो असली रुपदे खाईसकेको पनि केन्द्रीय सदस्य बिश्वकर्माले तर्क गरे ।

केपी ओली नेतृत्वको कम्यूनिष्ट सरकार सर्वसत्तावाद, अधिनायकवाद र सामाजिक फाँसीवादतर्फ गैरहेको नेता बिश्वकर्माले बताए । संविधानमा कुनै पनि प्रदेश वा प्रतिनिधिसभा सदस्यका सदस्यले चुनाव जितेपछि सफत खानु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली आफै सफत नखाएर प्रधानमन्त्री भएको आरोप विश्वकर्माको थियो ।

कम्यूनिष्ट सरकारबाट संविधानमाथी निरन्तर धावा बोल्ने काम भैरहेको विश्वकर्माले बताए ।
जनताहरुको विश्वास नेपाली कांग्रेससंग नै भएकाले ढुक्कसंग जनतामा गएर काम गर्न नेता बिश्वकर्माले कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।

नेपाली कांग्रेस कैलालीका सचिव दिपक जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कैलालीका संगठन विभाग प्रमुख शेरबहादुर देउवा, धनगढी नगर प्रमुख नृपबहादुर वड तथा जिल्ला तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।