बैतडीमा स्यालको आंतक स्थानिय त्रसित्र

बैतडी – बैतडीको पाटन नगरपालिकाको विभिन्न वडामा स्यालले आतंक मच्चाउन थालेको छ ।

नगरपालिकाको वडा नम्वर ६ लोर्खामा एकैदिन स्यालको टोकाइबाट तीन जना घाइते भएका स्थानियले जनाएका छन् ।

घाइते हुनेमा स्थानीय दमन्ती जोशी, विन्दा जोशी र नरेन्द्र भण्डारी रहेका छन् । घरमै बसीरहेका बेला उनीहरुलाई स्यालले टोकेको स्थानीय रामसिंह विष्टले बताए ।

स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ ।