आन्दोलन चर्किन थालेपछि एसएसपी चन्द कञ्चनपुरमा

कंचनपुर  बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना अभियुक्त सार्वजनिक गरेपछि आन्दोलन झनझन चर्किदै गएको छ ।

प्रदर्शन चर्किन थालेपछि एसएसपी विक्रमबहादुर चन्दलाई कञ्चनपुर पठाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरमा शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई खटाइएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयले नै अनुसन्धान गरिरहेको अवस्थामा एसएसपीले थप अनुसन्धानमा सहयोग गर्ने प्रदेश प्रहरीले जनाएको छ ।

बलात्कारपछि निर्मला हत्याकाण्डमा अहिलेसम्म भएको अनुसन्धान र अबको छानबिनको सम्पूर्ण जिम्मेवारी एसएसपी चन्दले लिने प्रहरीले जनाएको छ ।