काँग्रेसको ठहर सरकार ६ महिनामा ‘जस्ट पास’

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा जस्ट पास मात्र भएको बताएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार प्रभावकारी हुन नसकेको बताए ।

०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएकोमा आइतबार ६ महिना पूरा भएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ ।

आफूहरुले सरकारले समृद्धिको सपनालाई अघि बढाओस् भन्ने चाहेको तर, त्यसअनुसार नीति तथा कार्यक्रम र बजेट नआएको भन्दै उनले भने, ‘खोई कहाँ छ दुई तिहाईको सरकार भन्दै प्रश्न गरे ।

‘कांग्रेसले प्रधानमन्त्रीको विकल्प खोजेको छैन, राजीनामा मागेको छैन’,चुनाव अघिका बाचा कहाँ गए, ‘तर हामीले प्रशंसा गर्ने गरी सम्बृद्धिमा के काम भयो कहाँ पुग्यो पाइप लाइनबाट घरघरमा ग्यास पुर्‍याउने सपना हवाई उडानहरु मात्र भए ।’

सय दिन र वर्ष दिनमा सरकारको समीक्षा गरिने स्थापित सामान्य प्रचलन भएपनि स्वयं सरकारले ६ महिने मूल्याकंन सार्वजनिक गरेकाले आफूहरुले पनि समीक्षात्मक टिप्पणी सार्वजनिक गरेको हो ।

७ बुँदामा सरकार माथि टिप्पणी गरेकोसय दिन र वर्ष दिनमा सरकारको समीक्षा गरिने स्थापित सामान्य प्रचलन भएपनि स्वयं सरकारले ६ महिने मूल्याकंन सार्वजनिक गरेकाले आफूहरुले पनि समीक्षात्मक टिप्पणी सार्वजनिक गरेको कांग्रेसले जनाएको छ ।

काँग्रेसले ७ बुँदामा सरकार माथि टिप्पणी गरेको छ ।
१. राष्ट्रियता

२. लोकतन्त्र

३. संघीयता
४. सुशासन
५. मूल्यबृद्धि
६. सम्बृद्धि
७. न्यायालयमाथि हस्तक्षेप